
काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई नयाँ उत्साह दिनुपर्ने चुनौती रहेको बताएका छन् ।
आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रचण्डले आफू चुनौतीपूर्ण अवस्थामा प्रधानमन्त्री बनेको बताउँदै चुनौतीलाई स्वीकारेर देशलाई नयाँ उत्साह दिनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
अहिले देशको अर्थतन्त्र पनि सवल नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी लगायत क्षेत्रमा नयाँ काम गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट संविधान जारी भएको र त्यसमा सामाजिक न्याय र समानतालाई उच्च महत्व दिइएको बताए। “संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा लिपिबद्ध गरिएको छ । तर, ती मौलिक हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानुन बनाउन बाँकी नै छ ।
नेपाल सरकार संविधानले परिकल्पना गरेअनुसारका नयाँ ऐनहरू यथाशीघ्र संसद्मा पेस गर्ने प्रक्रियामा छ”, प्रधानमन्त्रीले भने । ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।















प्रतिक्रिया