१ कार्तिक २०८३, आइतबार

आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । संखुवासभा प्रहरीले आफ्नै बाबुको हत्या आरोपमा छोरालाई पक्राउ गरेको छ ।

भोटखोला गाउँपालिका-५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या आरोपमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते भएका गोठेको उपचारको लागि अस्पताल लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको थियो ।

प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।