
काठमाडौं, १४ माघ । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् ।
शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले अभिनेत्री एवं मोडलसमेत रहेकी गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् ।
उनलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने तयारी रहेको बताइएको छ ।
एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी बैंकर तथा व्यवसायी हुन् ।















प्रतिक्रिया