१ कार्तिक २०८३, आइतबार

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई नै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका रवि लामिछानेले सम्हालेको गृहमन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सम्हाल्ने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डलाई नै तोकेकी हुन् ।

राष्ट्रपतिको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी राष्ट्रपति भण्डारीले जिम्मेवारी तोकेको उल्लेख छ।

लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी पनि प्रचण्डलाई नै दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

सर्वोच्चको फैसलापछि रविले शुक्रबार साँझ नै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए ।