काठमाडौं, ४ जेठ । विश्व फुटबलका स्टार स्ट्राइकर लियोनल मेस्सीको महत्वपूर्ण गोलमा बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ ।
एट्लेटिकोको घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाले मेस्सीको गोलमा डिफेन्डिङ च्याम्पियन एट्लेटिको मड्रिडलाई पराजित गरेर स्पेनिस ला लिगाको २३ औं उपाधि जितेको हो ।
खेलको ६५ औं मिनेटमा मेस्सीको निर्णयक गोलले बार्सिलोना यो सिजनको ला लिगाको उपाधि पाएको हो । यो सिजनको ला लिगामा यो मेस्सीको ४१ औं गोल हो । उपाधिका लागि यो सिजनभरी मेस्सीका ४१ गोल महत्वपूर्ण रहे । प्रतियोगिताको एक खेल खेल्न बाँकी रहँदै बार्सिलोनाले रियल मड्रिडलाई ४ अंकले पछि पार्दै ला लिगाको उपाधि जितेको हो ।
आइतबार रातिको अर्काे खेलमा रोनाल्डोको ह्याट्रिकमा रियल मड्रिडले स्पानियोलविरुद्ध ४–१ हराएको छ । हिजोको खेलमा रियलले जित हात पारेपनि उपाधि यात्रा यसअघि नै सकिएकाले सफल हुन सकेन् ।
अन्तिम एक खेल खेल्न बाँकी रहँदा उपाधिविजेत बार्सिलोनाको ९३ अंक भएको छ भने रियलको ८९ अंक छ । त्यसैगरी एट्लेटिको मड्रिडको ७७ अंक छ ।
ला लिगाको उपाधि जितेको बार्सिलोनाले अब स्पेनिस सुपर कपको उपाधिका लागि मे ३० मा एट्लेटिको बिल्बाओसँग भिड्नेछ । त्यसैगरी युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि बर्लिनमा ६ जुनमा बार्साले इटालियन च्याम्पियन युभेन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ ।















प्रतिक्रिया