
नयाँ दिल्ली, १४ माघ । भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको छ ।
नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगले यसबारे पुष्टि गरेको छ।
उनीहरूलाई अटारी-वाघा सीमानाबाट रिहा गरिएको थियो । सो सीमाना भारतको उत्तरी राज्य पञ्जाबको छेउ अवस्थित छ ।
‘हाम्रा प्रयासहरू भारतबाट सबै पाकिस्तानी कैदीहरूलाई उनीहरूको सजाय पूरा भएपछि स्वदेश फिर्ता गर्न जारी रहनेछ’ पाकिस्तानी उच्चायोगले ट्वीटमा उल्लेख गरेको छ । सिन्ह्वा















प्रतिक्रिया