काठमाडौं, ४ जेठ । भूकम्प पीडितहरूको सहयोगार्थ स्थापना गरिएको नेपाली कांग्रेस भूकम्प पीडित सहयोग कोषमा आज पार्टीको तर्फबाट ७५ लाख रुपैया जम्मा गरेको छ ।
पार्टीको तर्फबाट राखिएको यो रकमसंगै कांग्रेसले राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा खोलेको खाता नंं. ११३०००३७६३०१ मा आइतबारसम्म जम्मा ९० लाख पाँच हजार ९३१ सङ्कलन भएको छ ।
कोषमा यसअघि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट १५ लाख पाँच हजार ९३१ जम्मा गरेका थिए ।
गएको वैशाख १२ गतेदेखि लगातार गएको विनाशकारी भूकम्पका कारण पीडितहरूलाई राहत कार्यका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले काँग्रेसले वैशाख १९ गतेको केन्द्रीय कार्य समितिको निर्णयअनुसार खाता खोलेको हो ।
कांग्रेसले खातामा उदारतापूर्वक सहयोग गर्ने महानुभाव तथा सङ्घसंस्थालाई धन्यवाद दिँदै आर्थिक सहयोग जुटाउन पार्टीका कार्यकर्ता, समर्थक, शुभेच्छुक, विभिन्न पेशा एवं व्यवसायसँग सम्वद्ध व्यक्ति एवम् सङ्घसंस्थालगायत सबैसँग अनुरोध पनि गरेको छ ।












प्रतिक्रिया