मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

रविको सांसद पद खारेज

दैनिक नेपाल २०७९ माघ १३ गते १७:४४

काठमाडौं, १३ माघ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज हुने निर्णय गरेको छ । सर्वोच्चको निर्णयसँगै उनको मन्त्री पद पनि स्वत: खारेज भएको छ ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुन:प्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको हो।

सर्वोच्चले उनी सांसद हुन अयोग्य रहेको फैसला सुनाएसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत जानकारी सम्बन्धित अधिकारी ९प्रमुख जिल्ला अधिकारी० लाई नदिएको अदालतले ठहर गरेको छ ।

यस्तै नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रकृया वमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित