१ कार्तिक २०८३, आइतबार

इसेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नेपाल प्रहरीले इसेवाको कर्मचारी भएको भन्दै १६ लाख भन्दा धेरै ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ईसेवाको कर्मचारी हुँ भनि ठगी गर्ने रौतहटका शुभम साहलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

उनले इसेवा आइडी बैंक खातामा लिङ्क गराइने, आइडी नविकरण गर्ने, केवाइसी फर्म अपडेट लगाएतका बहानामा सेवाग्राहीको अकाउन्टमा अनाधिकृत पहुँच पुराई १६ लाख १३ हजार ठगी गरेको अपराध अनुसन्धान कार्यालयलाई सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।

आफूलाई ठगी गरेको भन्दै ३० भन्दा धेरै सेवाग्राहीले उजुरी गरेपछि अनुसन्धान गर्दा साहलाई पक्राउ गरिएको कोईरालाले बताए ।