१ कार्तिक २०८३, आइतबार

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ जारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा आज पनि सुनुवाइ भइरहेको छ ।

गत बुधबार हेर्दाहेर्दैमा रहेको मुद्दामा आज सुनुवाइ सुरु भएको हो । बुधबार रिट निवेदकतर्फका वकिलहरुको बहस सकिएको छ ।

रिट निवेदकतर्फका वकिलहरुले लामिछानेले नेपाली नागरिकता लिने प्रकृया पूरा नगरेको भन्दै उनी नेपाली नागरिक कायम नभएको दलिल पेश गरेका थिए ।