१ कार्तिक २०८३, आइतबार

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा माओवादी केन्द्रले जोड दिएको छ ।

विहीबार बसेको स्थायी कमिटी बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने विषयम छलफल भएको हो । विश्वासको मत दिएको काँग्रेसलाई पनि समेटेर अगाडि बढ्नुपर्नेमा माओवादी केन्द्रले जोड दिएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले मिश्रित संसद रहेकाले संसदको पाँच वर्षे कार्यकाल सुनिश्चित गर्न र संविधानको संरक्षण र राजनीतिक दलहरूबीच सहमतिमा सहजताका लागि माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिलाई नै जोड दिने बताए।

एमालेसहित राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन सके प्रभावकारी हुने उनको भनाइ थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेश गरेका छन्।

अध्यक्ष दाहालले राष्ट्रपति चुनावका विषयमा नेताहरुको धारणा पनि माग गरेका छन्। बैठकमा सहभागी एक सदस्यका अनुसार उनले राष्ट्रपति निर्वाचनमा पार्टीले के निर्णय लिने भन्ने विषयमा धारणा मागेका थिए।

स्थायी कमिटी भोलि पनि बस्नेछ ।