मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

क्यानका अध्यक्ष चन्द भन्छन्- सन्दीप नेपालको लागि चाहिने खेलाडी हुन्

दैनिक नेपाल २०७९ माघ १२ गते १५:५५

काठमाडौं, १२ माघ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले निलम्बित क्रिकेटर सन्दीप लामिछानेको विषयमा आफूहरु संवेदनशिल रहेको बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष चन्दले सन्दीपकाबारेमा क्यानमा छलफल चलिरहेको बताएका हुन् ।

नेपालको कानुनले मान्यता दिए उनलाई खेलाउन समस्या नहुने उनले बताए ।

‘सन्दीपको विषयमा हामी संवेदनशील छौं। उनी नेपालको लागि चाहिने खेलाडी हो,’ चन्दले भने ।

प्रतिक्रिया
सम्बन्धित