१ कार्तिक २०८३, आइतबार

बिहीबार सुनको मूल्यमा ऐतिहासिक रकर्ड

23k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ ऐतिहासकि रेकर्ड बनाएको छ ।

यसअघि मंगलबार ऐतिहासिक रेकर्ड कायम भएकोमा बुधबार पुन: घटेको थियो । यस्तै बिहीबार भने सुनको मूल्य मंगलबारको भन्दा पनि धेरै भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदी पनि तोलामा २० रुपैँयाले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।