१ कार्तिक २०८३, आइतबार

भारतीय दूतावासले मनायो ७४औँ गणतन्त्र दिवस

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । काठमाडौंस्थित भारतीय राज दूतावासले गणतन्त्र दिवस मनाएको छ ।

दूतावासले बिहीबार ७४ औं गणतन्त्र दिवस मनाएको हो। दिवसका अवसरका दूतावासमा विषेश कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्‍याएको योगदानलाई कदर गर्दै कही व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ।

भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीहरुको सम्मानमा उनीहरुको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो ।

त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुको साथै राष्ट्रपतिको सन्देश पढेर सनाएका थिए ।