१ कार्तिक २०८३, आइतबार

प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । मन्त्रिपरिषद्ले मंगलबार आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उल्लेख गरेका विषयहरुको छानबिन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले उठाएका विषयको छानबिन गर्ने निर्णय गर्दै छानबिनको जिम्मा गृहमन्त्रालयलाई दिएको छ ।

ति विषयहरुको अध्यययन गरेर प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।

यस्तै, मन्त्रिपरिषद्ले आचार्यको परिवारलाई सरकारकातर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ त्यसको निर्णय गर्ने जिम्मा पनि गृहमन्त्रालयलाई नै दिएको छ ।