१ कार्तिक २०८३, आइतबार

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा बुधबार हेर्दाहेर्दैमा परेको छ ।

गृहमन्त्री लामिछानेका वकिल र सरकारी वकिलको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । रिट निवेदक पक्षको बहस भने सकिएको छ ।

रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका छन् ।

लामिछानेको तर्फबाट सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले बहस गरेका थिए । रिट निवेदक पक्षका वकिलले लामिछानेले नेपाली नागरिकताका लागि प्रक्रिया नपु¥याएको भन्दै उनी नेपाली नागरिक नभएको बताएका छन् ।

अब सुनुवाइ शुक्रबार हुनेछ ।