
काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसभित्र देश र जनताका पक्षमा कुरा नै नहुने बताएका छन् ।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काँग्रेसको ध्यान सरकारमा मात्रै रहने भएको बताए ।
देशको बारेमा सोचे त्यसको फाइदा वामपन्थीले लिन्छन् भन्ने पीर कांग्रेसका नेता–कार्यकर्तालाई हुने गरेको अध्यक्ष ओलीले बताए ।
“उसको एउटै मात्र सूत्र छ, आफू सरकारमा हुुनुपर्छ, त्यही हो लोकतन्त्र ?’ ओलीले प्रश्न गरे ।
संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने विषयमा काँग्रेसको महाधिवेशनमा कुरा नै नउठेको भन्दै उनले पदाधिकारी छान्नकै लागि मात्रै महाधिवेशन गरेको बताए ।
अध्यक्ष ओलीले पार्टी कार्यकर्ता तथा नेतालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिए । कार्यकर्ता आदर्श हुनुपर्ने भन्दै आदर्श भएमात्रै जनताले पत्याउने ओलीको भनाई थियो ।
चलाखीले व्यक्तिगत चाहना पुरा गर्ने नभइ निष्ठाले देशको सेवा गर्नुपर्ने ओलीले बताए । एमालेपन अनुशासन ढंगल अगाडि बढ्नु भएको भन्दै उनले पार्टीलाई जोडेर संस्थागत भ्रष्टाचार गरिए कारबाही गर्ने चेतावनी दिए ।
समाजले स्वीकार नगरेका कामहरु गर्दा मान्छे समाप्त हुने उनले बताए । ‘संविधान र कानुनले निषेध गरेका कामहरु गर्दा मान्छे समाप्त हुन्छ, सत्यसँग नलड्नुस्, शक्तिसँग नझुक्नुस् ,’ अध्यक्ष ओलीले भने ।















प्रतिक्रिया