१ कार्तिक २०८३, आइतबार

अनेमसंघको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । नेकपा (एमाले) निकट महिला संगठन अखिल नेपाल महिला संघको ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम पार्टी केन्द्रीय स्कूल विभाग र अनेमसंघ केन्द्रीय प्रशिक्षण विभागको संयोजनमा माघ ५ देखि ७ गतेसम्म तुल्सीलाल स्मृति भवन, च्यासलमा सम्पन्न भएको हो ।

प्रशिक्षणबाट दिक्षित भएकाहरुलाई बधाई ज्ञापन गर्दै अनेमसंघले कार्यक्षेत्रमा गई अनेमसंघ र पार्टीलाई सबल, सुदृढ र व्यवस्थित बनाउनको लागि महत्वपूर्ण योगदान गर्नुहुने विश्वास व्यक्त गरेको छ ।

अनेमसंघले पार्टी स्कूल विभाग र अनेमसंघ केन्द्रीय प्रशिक्षण विभागलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।