१ कार्तिक २०८३, आइतबार

दुई जना स्वतन्त्र प्रदेश सभा सांसद जसपामा प्रवेश

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । मधेश प्रदेशका दुईजना स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

स्वतन्त्र सांसदद्वय सुरिता साह र प्रमोद कुमार जैसवाल जसपामा प्रवेश गरेका हुन् । उनीहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरे ।

साह महोत्तरी क्षेत्र नम्बर २ (२) र जैसवाल पर्सा क्षेत्र नम्बर ३ (१) प्रदेश सभा सांसदमा निर्वाचित भएका थिए ।