३१ आश्विन २०८३, शनिबार

संसदमा तटस्थ बन्छु, सभामुखसँग मिलेर काम गर्छु : उपसभामुख

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले संसदमा तटस्थ भूमिका निर्वाह गर्ने बताएकी छिन् ।

उपसभामुख पदमा निर्वाचित भएपछि रानामगरले संसदमा सत्तापक्ष र प्रतिपक्षी सबैलाई साथमा लिएर तटस्थ भूमिका निर्वाह गर्ने बताएकी हुन् ।

संसदमा सभामुखसँग मिलेर काम गर्ने र संविधानको मर्म अनुसार अघि बढ्ने उनको भनाइ छ ।

शनिबार प्रतिनिधि सभामा भएको मतदान प्रक्रियाबाट रानामगर उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।