१ कार्तिक २०८३, आइतबार

नारायणमान विजुक्छेलाई राष्ट्रपति भण्डारीले निवास मै पुगेर गरिन् भेट

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेसँग भेट गरेकी छिन् ।

शनिबार राष्ट्रपति भण्डारीले विजुक्छेलाई उनकै निवासमा पुगेर भेट गरेकी हुन् । चाँगुनारायण मन्दिरको दर्शन गर्न पुगेकी भण्डारीले फर्किने क्रममा तौमढीस्थित बिजुक्छे निवासमा पुगेर करिब ४० मिनेट भेटवार्ता गरेकी हुन् ।

भेटमा बिजुक्छेलाई पत्नी वियोगप्रति समवेदना दिनुका साथै समसामयिक विषयमा कुराकानी भएको जानकारी दिइएको छ ।