३१ आश्विन २०८३, शनिबार

सांसद इन्दिरा रानामगर प्रतिनिधि सभाको उपसभामुख निर्वाचित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर प्रतिनिधि सभाको उपसभामुख निर्वाचित भएकी छिन् ।

आज शनिबार भएको उपसभामुखको निर्वाचनमा सत्तासाझेदार दलहरूको साझा उम्मेदवार बनेकी रानामगर प्रतिनिधि सभाबाट १६६ मत प्राप्त गरी उपसभामुख निर्वाचित भएकी हुन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गरेकी थिइन् । उक्त प्रस्तावलाई नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) की नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले समर्थन गरेका थिए ।

उपसभामुखका लागि नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो । उनले प्रतिनिधि सभामा ९७ मत पाएकी छिन् । निर्वाचन प्रक्रियाका बखत संसदमा २६४ जना सदस्य उपस्थित थिए ।