
काठमाडौं, ७ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चूनौती खडा भएको बताएका छन् ।
कृषि विकास बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समीक्षा गर्नुपर्ने समयमा समेत पुँजीगत खर्च १४–१५ प्रतिशत मात्रै हुनु, राजस्व परिचालनमा चालु आर्थिक बर्षको लक्ष्य भेटाउन नसक्नुले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको बताएका हुन् ।
गत बर्ष यही समयमा राजस्व परिचालनभन्दा पनि यस बर्ष झन पछाडि परेको उनको भनाई छ । आर्थिक दृष्टिकोणले खडा भएको चुनौती सामना गदै आर्थिक सामथ्र्य राम्रो बनाउने अभियानमा सरकारलाई सवैको साथ चाहिएको उनले बताए ।
अर्थमन्त्री पौडेलले खर्च कटौती र मितव्ययिताका लागि कृषि विकास बैंकको साथ पाउने जिकिर गरे ।
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रतिष्पर्धात्मक क्षमता बढाउनका लागि बैंकले गर्नुपर्ने धेरै काम बाँकी रहेको बताए ।
उनले कृषिको आधुनिक बजारमा बैंकले लगानी गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।















प्रतिक्रिया