
काठमाडौं, ६ माघ । नवलपुरको मध्यविन्दु नगरपालिका–२ को नारायणी नदी किनारमा दुई गैँडा मृत अवस्थामा फेला परेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार शुक्रबार बिहान मृत अवस्थामा भेटिएका दुई गैँडामध्ये एउटाको खाग पनि निकालिएको छ ।
निकुञ्जकका प्राविधिक र चिकित्सकको टोली घटनास्थलतर्फ गएको तिवारीले बताए । खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने अनुमान गरिएको छ ।















प्रतिक्रिया