
काठमाडौं, ६ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संसदबाट विश्वासको मत पाएका छन् ।
माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शर्माले २५ मत पाएका हुन् । ४० सदस्यीय प्रदेश सभामा ३९ जना मतदानमा सहभागी भाग लिएका थिए ।
शर्मालाई नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री शर्मा गत पुस २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।















प्रतिक्रिया