
काठमाडौं, ६ माघ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि नेपाली काँग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दिएकी छिन् ।
यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।
यादव धनुषाबाट समानुपातिक सांसद बनेकी हुन् । उपसभामुख पदका लागि यसअघि नै सत्ता गठबन्धनकोतर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराइसकेकी छिन् ।















प्रतिक्रिया