१ कार्तिक २०८३, आइतबार

छिमेकीहरुका लागि हामी असल हुन चाहान्छौँ, उनीहरुको कुभलो गर्दैनौँ: अध्यक्ष ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरुसँग नेपालले तटस्थ व्यवहार गर्ने बताएका छन् ।

एमालेको परराष्ट्र विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाल अन्तर्राष्ट्रिय स्तरमा सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुनुपर्ने बताए ।

छिमेकीहरुका लागि नेपाल असल छिमेकी हुन चाहेको बताउँदै अध्यक्ष ओलीले नेपालले छिमेकीको कहिले पनि कुभलो नगर्ने बताए । छिमेकीहरुसँग भलो चिताएर, सहयोग पुर्याएर, चासो र चिन्तालाई समेत सम्बोधन गरेर अघि बढ्ने अध्यक्ष ओलीको भनाई थियो ।

‘हामी हाम्रा छिमेकीहरुका लागि असल छिमेकी हुन चाहन्छौ र उनीहरुको कुभलो गर्दैनौं । विल्कुलै कुभलो नगरी छिमेकीहरुसँग भलो चिताएर, सहयोग पुर्याएर, चासो र चिन्तालाई समेत सम्बोधन गरेर अघि जान्छौ’, अध्यक्ष ओलीले भने ।

नेपालको भूमि कसैकोविरुद्वमा प्रयोग हुन नदिने प्रतिवद्वता व्यक्त गर्दै अध्यक्ष ओलीले कसैको पनि सैन्य अड्डा बस्न नदिने बताए । ‘हामी हाम्रो भूमि कसैका विरुद्ध प्रयोग गर्न दिँदैनौं । कसैको पनि मिलिट्री वेस वा सैनिक गतिविधि र अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौं,’ उनले भने ।