३० आश्विन २०८३, शुक्रबार

युवाको लगानीमा कृषि घर सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishi– सुशिल नेपाल
पाल्पा, ३ जेठ । पाल्पाको कुसुमखोलाका युवाले आफनै लगानीमा व्यवसायिक कुखुरापालन व्यबसाय सुरु गरेका छन् ।

कुसुमखोला गाविसका कपिल ज्ञवाली र मधुुसुधन खनालले संयुक्त रुपमा करिब २० लाख लगानीमा ‘अल थ्री कृषि घर’ नामक फर्म दर्ता गरि व्यबसायिक रुपमा कुखुरापालन व्यबसाय सुरु गरेका हुन । पाल्पा सदरमुकाम तानसेनदेखि १६ किलोमिटर पश्चिम कुसुमखोला ६ मा सञ्चालनमा ल्याइएको कुखुराफर्ममा २ हजार २ सय लेयर्स कुखुरा राखिएको फर्मका सञ्चालक कपिल ज्ञवालीले बताए ।

उनका अनुसार कुखुरा राखिएको साढे ३ महिना भएको छ र अझ डेढ महिनापछि दैनिक रुपमा प्रत्येक कुखुराले १३ महिनासम्म निरन्तर अण्डा उत्पादन गर्नेछन् । उनले भने ‘अहिलेसम्म लगानीमात्रै भएको छ, अबको डेठ महिनापछि बल्ल आम्दानी सुरु हुन्छ ।’

यसअघि बुटवलमा सामान्य जागिरे रहेका ज्ञवाली आफना साथिहरु विदेशिएको अवस्थामा आफुले देशमै रहेर पनि केहि गर्न सकिन्छ भन्ने अठोटका साथिसँग मिलेर सहर छोडि गाउँमा गएर यो व्यवसाय सुरु गरेको बताए ।

कुखुराले अण्डा उत्पादन गर्न थालेपछि स्थानिय बजार सँगै सदरमुकाम तानसेन आसपासका क्षेत्रमा अण्डा निर्यात गरिने सोँच बनाएको ज्ञवालीले बताए ।