२९ आश्विन २०८३, बिहिबार

अरुको कुरा काट्नुभन्दा आफै सहयोगमा जुटौं : राजदुत डा कार्की

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

da karki

– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाका लागी नव–नियुक्त नेपाली राजदूत डा. अर्जुन कार्कीलाई अन्तरक्रिया कार्यक्रम गरेर भव्यताका साथ स्वागत गरिएको छ ।

अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर राजदुत डा. कार्कीलाई स्वागत गरेको हो ।

स्वागत समारोहमा नव–नियुक्त राजदूत डा. कार्कीले हालैको विनाशकारी महा–भूकम्प पश्चात नेपाल सरकारले गरेको उद्धार एवं राहत वितरणका कार्यकम बारेमा अवगत गराउनु भएको थियो ।

उद्दार तथा राहतमा अन्तरराष्ट्रिय समुदायको अद्वितीय सहयोग नेपालले पाई रहेको बताउँदै यो विपत्तिको समयमा राज्य, सरकार, नेता तथा राजनीतिक दललाई गालि गलौच, शंका गर्ने हैन भन्दै यो बेला भनेको सहयोग गर्ने बेला हो ।

सरकारले अहोरात्र खटिएर काम गरि रहेको जानकारी दिदै यस्तो संबेदनशील समयमा टिका टिप्पणी गर्ने भन्दा एक आपसमा विश्वास गर्नु पर्ने समय हो भन्दै एकता देखाउनु पर्ने समय भएकोले उपस्थित सबैलाई एकजुट हुन् आब्हान गर्नुभयो ।

डा कार्कीले आफु आएको पहिलो दिन नै विदेशमन्त्री जोन केरी, उपमन्त्री तथा सहायक मन्त्रीलाई समेत भेट्ने अवसर पाएको चर्चा गर्दै नेपालको स्थिति बारे जानकारी गराएको बताउनुभयो ।

आएको दोस्रो दिन नै लिखित रुपमा टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपीएस) बारेमा पत्राचार गरि सकेको भन्दै आगामी मे १८ तारिख सोमबार राष्ट्रपति बाराक ओबामालाई ओहदाको प्रमाण पत्र बुझाउने छु भन्दै त्यहि समयमा अन्य कुराहरु पनि राख्ने जानकारी दिनुभयो ।

डा. कार्कीले मन्तब्य व्यक्त गर्दै सरकारले भूकम्प पीडितहरुको लागि ३ अर्ब भन्दा ज्यादा खर्च गरि सकेको भन्दै महाभूकम्पले नेपालको राष्ट्रपति समेत पीडित हुनु भएको भन्दै यस्तो समयमा अग्रजहरुले संयम हुनुपर्छ भन्नुभयो ।

बाहिरबाट आएको सहयोग दुरुपयोग नहुने बताउँदै त्यसको लागि सत प्रतिशत सबैमा बिश्वस्त हुन् आग्रह गर्दै अमेरिकामा बौद्धिक समुदाय छ र आफुले आफ्नो विचार राख्न अवसर पाएकोमा गौरन्वित छु डा कार्कीले भन्नुभयो ।

भूकम्प पीडित प्रधानमन्त्री राहत कोषमा संकलित रकम राहतको लागि मात्र खर्च गरिने जानकारी गराउदै भत्ता, नियुक्ति, यातायात आदिमा खर्च गरिने छैन भनि जानकारी दिनुभयो ।

पहिलो पटक सार्बजनिक रुपमा अन्तरक्रियामा सहभागी हुन् पाएकोमा आयोजकलाई धन्यबाद दिदै बौद्धिक समुदायबाट ठुलो सहयोग प्राप्त गर्ने आशा लिएको छु । नजिक बसेर काम गर्न चाहना रहेको राजदुत डा. कार्कीले बताउनुभयो ।

नासिया (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)का जनसम्पर्क समितिका संयोजक प्राध्यापक डा. नर काजी गुरुङले उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली र नेपालको हितको लागि बिशेष योगदान गर्नु हुने व्यक्तित्वलाई छलफलमा बोलाउने गरेको जानकारी गराउने भएता पनि यस पटक नेपालमा गएको विध्वंसकारी महा भूकम्पको सेरोफेरोमा रही डा कार्की संग अन्तरक्रिया गरिने बताएका थिए ।

नेपालको भूकम्प सम्बन्धि छलफल गरिएको थियो भने प्रश्न उत्तरको पनि राखिएको थियो । संस्थाको तर्फबाट डा सुन्दर श्रेष्ठले धन्यबाद दिएका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका सभापति राम चन्द्र बराल (बिद्या वारिधि) ले गरेका थिए भने उहाँले डा कार्कीलाई पहिलो पटक कार्यक्रममा सहभागी गराउन पाउदा हर्ष व्यक्त गरेका थिए ।

अमेरिका तथा क्यानाडाबाट पनि उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।