
ओमान । गत वैशख १२ गते विनाशकारी महाभूकम्पबाट पीडित परिवारलाई तामाङ समाज ओमानले राहत सहयोग गरेको छ ।
भूकम्पबाट भएको जन धनको क्षतिमा मातृभुमीको दायित्व पूरा गर्न समाजले सिन्धुपाल्चोकको पाखर गाबिस २ र अतारपुङ्ग गाबिस ४ र ६ वडाकाभूकम्प पीडितलाई राहत स्वरूप चामल, नुन, तेल, लताकपडा प्रदान गरेको हो ।
तामाङ समाज ओमानका अध्यक्ष राम थोकर र वितरण सहयोगी बुद्ध श्रेष्ठ, सर्मिला मोक्तान, यस्मिला थोकर, भरत मोक्तान, केदार दुंगाना र साथमा एबिसी न्यूजका दीपेन्द्र दुंगानाको पहलमा राहत वितरण गरिएको हो ।
भूकम्प पीडितका लागि अनिता तामाङ, बिनोद बल, तेज बहादुर बोम्जन, पासाङ मोक्तान, धावा लामा, महेन्द्र बोम्जनको पहलमा आर्थिक संकलन गरिएको तामाङ समाज ओमानका अध्यक्ष राम थोकरले जानकारी दिनुभयो ।

















प्रतिक्रिया