२९ आश्विन २०८३, बिहिबार

क्रिकेटरले छक्का हान्दा प्रहरीको आँखा फुट्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PTI5_16_2013_000212Bकाठमाडौं, ३ जेठ । भारतमा जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगितामा क्रिकेटरको बल लागेर एक प्रहरीको आँखा फुटेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार मे ९ मा कोलकत्तामा भएको खेलमा डेभिड मिल्लरले प्रहार गरेको छक्काले लागेर प्रहरीको दाहिने आँखा फुटेको हो ।

किङ्स इलाभेन पञ्जाव र कोलकात्ता नाइटरार्इड्रसबीचको खेलमा दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मिल्लरले आन्द्रे रसेलको बलमा जोडदार छक्का हान्दा उडेको बलले लागेर प्रहरी अधिकारी आलोकको दाहिने आँखा फुटेको हो ।

आँखाको ज्योति गुमाएका ५३ वर्षीय आलोकको अहिले उपचार भइरहेको छ । मिल्लर पञ्जाबका व्याट्सम्यान हुन् । एजेन्सी