२९ आश्विन २०८३, बिहिबार

सरकारी बजेट कुम्ल्याउने पूर्वप्रधानमन्त्री फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaअलमाती, ३ जेठ । कजाख पूर्वप्रधानमन्त्री सेरिक अख्मेतोभलाई भ्रष्टाचारसम्बन्धी एक गम्भीर मुद्दामा घरैमा नजरबन्दमा राखिने भएको छ । उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी एक गम्भीर प्रकृतिको मुद्दाको आरोपमा घरैमा नजरबन्दमा राखिने जनाइएको हो ।

उहाँ यसअघि उपप्रधानमन्त्री हुँदा गरेको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दाको अनुसन्धान भएको र उहाँ दोषी पाइएपछि थप अनुसन्धानका लागि घरैमा नजरबन्दमा राखिने जनाइएको हो । उहाँले ठूलो मात्रामा सरकारी बजेटको दुरुपयोग गरेको आरोपमा अनुसन्धान थालिएको थियो ।

सरकारी वकिलले उहाँले पूर्व उपप्रधानमन्त्री रहेको समयमा गरेको भ्रष्टाचारको मात्रा निकै धेरै रहेकोले त्यस बारेमा थप अनुसन्धान गर्नुपर्ने भएकोले उहाँलाई थुनामा राख्नुपर्ने जानकारी दिएका छन् ।

यस विषयमा उहाँको कुनै प्रतिक्रिया भने आएको छैन । तर यसअघि उहाँले आफुमाथि राजनीतिकरुपमा प्रेरित भएर सो आरोप लगाइएको बताउनुभएको थियो । रासस/सिन्ह्वा