३० आश्विन २०८३, शुक्रबार

भक्तपुरमा लाखौँ रकम बराबरका पशुपक्षी नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नगरकोट, ३ जेठ । विनाशकारी भूकम्पमा परी भक्तपुर जिल्लामा लाखौँका पशुपक्षीको क्षति भएको छ ।

जिल्ला पशुसेवा कार्यालय भक्तपुरका अनुसार जिल्लामा सबैभन्दा बढी कुखुरा र कुखुराको अन्डाको क्षति भएको छ ।

कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक बलबहादुर चन्दले भूकम्पमा परी एक लाख ४२ हजार ४८० व्यावसायिक कुखुरा नष्ट भएको बताउनुभयो ।

उहाँका अनुसार एक लाख ९८ हजार ९०० अन्डा, गाई १४, बाख्रा १६७, बङ्गुर २३ र भेडा १६ भूकम्पमा परेर नष्ट भएको छ ।

वरिष्ठ पशु चिकित्सक चन्दले अझै क्षतिको विस्तृत विवरण आउन बाँकी भए पनि कार्यालयमा प्राप्त विवरण केन्द्रमा पठाई राहतका लागि माग गरिएको बताउनुभयो ।

भूकम्पले गोठ भत्काएका किसानलाई बचेका गाईभैँसीको सुरक्षाका लागि त्रिपाल वितरण गरिएको उहाँको भनाइ थियो ।

भूकम्पपीडित किसानका लागि तत्काल राहतका लागि पशु दाना कार्यालयमा प्राप्त भएको बताइएको छ ।