३ कार्तिक २०८३, मंगलबार

यस्तो छ आजको मौसम

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ ।  मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको छ ।

महाशाखा अनुसार यस्तो छ आजको मौसमः

२०७९ पुस २९ गते  (शुक्रबार)

दिउँसोː सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भू-भागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श:

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात तथा सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै तराईका केही भू-भागहरूमा  हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा  समेत प्रभाव पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।