
काठमाडौं, २८ पुस । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।
सरुवा हुनेमा सातै प्रदेशमा प्रहरी प्रमुख पनि रहेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवर मधेश प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् ।
मधेश प्रहरी कार्यालयमा रहेका डीआईजी मसाउद आलम खाँ भने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भएका छन् । यस्तै, नलप्रसाद उपाध्यायलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका सरुवा गरिएको छ ।
कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेशमा पुगेका छन् । प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएका छन् ।
अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा पाएका छन् ।
गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरण राणा सरुवा भएका छन् भने विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन्। यस्तै दुर्गा सिंहलाई भरतपुर शिक्षालयमा सरुवा गरिएको हो ।


















प्रतिक्रिया