
काठमाडौं, २८ पुस । बागमती प्रदेशको सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्।
अधिकारी समानुपातिक तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन्। सरकारलाई समर्थन गरेबापत बागमतीको सभामुखमा अधिकारीलाई गठबन्धनले समर्थन गर्नुपर्ने माग काँग्रेसले राख्दै आएको छ ।
सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सयजुले पनि उम्मेदवारी दर्ता गराइसकेकी छिन् ।















प्रतिक्रिया