
काठमाडौं, २८ पुस । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता प्रक्रिया औपचारिक रुपमा अगाडि बढ्ने भएको छ ।
एकताका लागि दुवै पार्टीले गठन गरेको कार्यदलबीच आज पहिलो वार्ता भइरहेको हो । वार्ता सिंहदरबारमा भइरहेको छ ।
वार्ता टोलीमा नेकपा एसबाट महासचिव बेदुराम भुसाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् । यस्तै, जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी वार्ता टोलीमा रहेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट गरी १२ सांसद छन्।
यता, एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जिते पनि ‘थ्रेसहोल्ड’ कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन।















प्रतिक्रिया