२९ आश्विन २०८३, बिहिबार

गृहमन्त्री लामिछानेले सर्वसाधारणसँगै बसमा उभिएर यात्रा गरेपछि…(भिडियोसहित)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सार्वजनिक बसमा उभिएर सर्वसाधारणसँग कुरा गर्दै बसमा यात्रा गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मन्त्री लामिछाने उभिएर यात्रा गरिरहेका देखिन्छन् भने उनीसँग एक सर्वसाधारण महिलाले कुरा गरिरहेकी देख्न सकिन्छ । उनी आज चितवन जाँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणसँगै बसमा चढेका हुन् ।

बसमा रहेकी एक महिलाले लामिछानेप्रति आफूहरुलाई आश भएको भन्दै प्रशंसा गरेकी छिन्। ‘अब राम्रो गरेर देश बनाउनपर्छ हामी बाँच्दै,’ उनले भनेकी छिन्।

महिलाले रविको प्रसंशा गर्दै अन्य नेताहरुलाई पनि राम्रो कुरा सिकाउन आग्रह गरेकी छिन् ।