
काठमाडौं, २८ पुस । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा २०० रुपैयाँले बढेको हो ।छापावाल सुन तोलामा १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुन तोलामा १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया