१ कार्तिक २०८३, आइतबार

सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिइसकेको छु: गृहमन्त्री लामिछाने

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताएका छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै उनले जानकारी पाएपछि प्रहरी महानिरीक्षकलाई फोन गरेर महतोलाइ पक्राउ गर्न निर्देशन दिएको बताएका हुन् ।

लामिछानेले सांसद महतो संसदमै उपस्थित हुँदा आफुले नदेखेको र पछि सञ्चार माध्यमबाट थाहा पाएपछि पक्राउ गर्न भनिएको उल्लेख गरे ।

सांसद महत्तो मधेस आन्दोलनका क्रममा सशस्त्रका असइ थमन विकको हत्या अभियोगमा फरार सूचीमा रहेका छन् ।