१ कार्तिक २०८३, आइतबार

कर्णालीको मुख्यमन्त्रीमा शर्मा नियुक्त

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्मालाई प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका हुन् । एमालेसँग आलोपालो गर्ने सहमति अनुसार शर्मा पहिलो मुख्यमन्त्री बनेका हुन् ।

पहिलो साढे दुई वर्ष शर्माले सरकारको नेतृत्व गर्नेछन् भने अर्को साढे दुई वर्ष एमालेका यामलाल कँडेलले नेतृत्व गर्नेछन् ।