काठमाडौं, २ जेठ । अहिले देशमा राष्ट्रिय सरकारको सरगर्मी बढेको छ । शीर्ष नेताहरुसँगै साना दलका नेता पनि राष्ट्रिय सरकारको पक्षमा खुलेरै देखिएका छन् ।
विनाशकारी महाभूकम्पको विपत्तिको सामना गर्न सबै मिल्नुको विकल्प छैन् भन्दै दलहरुको राष्ट्रिय सरकार बनाउने मनस्थितिमा पुगेका हुन् । साथै, पीडितलाई राहत दिन पनि राष्ट्रिय सहमतिको सरकारको कुरा अगाडि आएको हो ।
यसैक्रममा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पनि राष्ट्रिय सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । शनिवार विराटनगरमा अध्यक्ष गच्छदारले अगामी १० दिनभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी समेत गरे ।
उनले सहमतिको सरकार बनाउँदा अन्य दलले भन्दा पनि काँग्रेस या एमालेले सरकारको नेतृत्व गर्नुपर्ने पनि बताए । यो विपद् परेको नागरिकलाई राहतसँगै दुई महिनाभित्र छिटो माध्यमबाट संविधान जारी गर्न सक्ने भएकाले उनले राष्ट्रिय सरकारमा जोड दिएका हुन् ।
साथै आफू मन्त्री बन्न समेत उनले राष्ट्रिय सरकारमा जोड दिएका हुन् । अहिले पनि उनी गृहमन्त्री बन्ने दाउमा छन् । गृह मन्त्रालयको जिम्मेवारी लिन पनि उनले राष्ट्रिय सरकार चाँडो भन्दा चाँडो बन्नुपर्नेमा दबाब समेत दिइरहेका छन् ।












प्रतिक्रिया