
चितवन, २६ पुस । चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ ।
निकुञ्जको अमलटारी क्षेत्रको कुजौली रेन्जपोष्ट नजिक पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनका अनुसार अन्दाजी १८ वर्षको गैँडा मृतावस्थामा भेटिएको हो ।
गैडा प्राकृतिक कारणलेनै मृत्यु भएको अनुमान गरिएको उनले बताए । चालु आर्थिक वर्षमा ७ वटा गैँडा मृत भेटिएको निकुञ्जले जनाएको छ ।















प्रतिक्रिया