२९ आश्विन २०८३, बिहिबार

भूकम्प पीडितलाई एनआरएन थाइल्याण्डको ३० लाख रुपैयाँ राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRN Logoथाइल्याण्ड । गैरआबासीय नेपाली संघ (एनआरएन) थाइल्याण्डले नेपालका भूकम्प पीडितको सहयोगार्थ ३० लाख रुपैयाँ राहत सहयोग पठाएको छ ।

गत शनिवार तथा मंगलबारको भूकम्पले विपत्तिमा तत्काल मलमपट्टि लगाउन एनआएरएनले पहिलो चरणमा ३० नगद सहित राहत सामग्री पठाएको जनाएको छ ।

सोमबार बैंककमा बसेको राष्ट्रिय समन्वय समितिको बैठकले पहिलो चरणमा भूकम्प पीडितलाई गरेको राहत सहयोग संकलनको समिक्षा गर्दै पूर्णविवरण सार्बजनिक गरेको छ ।

यसअघि एनआरएन थाइल्याण्डले भूकम्प पीडित राहत संकलन समुह गठन गरि नगद, अत्याबस्यक औषधि, त्रिपाल, खद्यान्न, स्लिपिङ्गब्याग, म्याट्रेस, मेडिकल उपकरण, अस्थाईटोइलेट, बच्चाको लागि खाने कुरा र पिउने पानी संकलन गरेको थियो ।

संकलन गरिएको ६ टन राहत सामग्री र थाई एयरको कार्गो, थाई एयरफोर्स र नेपाल एयरलाइन्समार्फत ४ पटक गरि नेपाल पठाएको एनआरएनले जनाएको छ ।

बैठकको निर्णय अनुसार एनआरएन थाइल्याण्डले एक हजार पीडित परिवारलाई बस्ने बासका लागि घर निर्माण गरिदिने घोषणा समेत गरेको छ ।

जसअन्तर्गत नगद ३० लाख रुपैयाँ नेपाल पठाइएको अध्यक्ष खगेन्द्रराज ढकालले जानकारी दिनुभयो । उहाँले थप रकम संकलन कार्य जारी रहेकाले घर निर्माणका लागि दास्रो किस्ता चाँडै पठाईने बताउनुभयो ।

एनआरएन थाइल्याण्डका कार्यकारी सदस्य महेन्द्र श्रेष्ठ संयोजक र आसाजिता अवाले सचिब रहेको ३१ सदस्यीय उक्त टिमले सडकमा चन्दा उठाउनेदेखि लिएर विभिन्न गैरसरकारी संस्थाहरु एबं ब्यापारिक प्रतिष्ठानहरु सम्म सहयोग जुटाउन पहल गरेको थियो ।

बैठकमा नेपाली राजदुत खगनाथ अधिकारी सहभागि थिए । नेपालको बिपत्तिमा सामथ्र्य जुटाउन एनआरएन थाईलेन्डको कार्यमा राजदुत अधिकारीले प्रशंसा गर्नुभएको थियो ।