८ कार्तिक २०८३, आइतबार

झापामा नक्कली सुन देखाएर ठगी गरेको आरोपमा एकजना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २३ पुस । झापामा सुन व्यवसायीलाई नक्कली सुन बेचेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम फाक्फोकथुम–७ घर भएर हाल झापा बिर्तामोड–५ मा बस्दै आएका २६ वर्षीय दिनेश श्रेष्ठ भन्ने शेरबहादुर बराईली रहेका छन् ।

प्रहरीका अनुसार २० पुसमा झापाको मेचीनगर–९ स्थित रोशनकुमार गजमेरले सञ्चालन गरेको हनुमान ज्वेलर्समा बराइलीले १ लाख ८० हजार रुपैयाँमा सुनजस्तो देखिने पहेँलो धातुको बेरुवा औँठी २ थान (तीन तोला) बेचेका थिए ।

सुन व्यवसायी गजमेरले बराईलीलाई १ लाख ७० हजार भुक्तानी गरेर बाँकी १० हजार रुपैयाँ पछि लिन आउन भनेका थिए ।

सञ्चालक गजमेरले खरिद गरेको औँठीको चेकजाँच गर्दा त्यो सुन नभई पहेँलो धातु भएको थाहा पाएपछि आफू ठगीमा परेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

ईलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले शुक्रबार साँझ बाँकी पैसा लिन आएका बराइलीलाई ज्वेलर्सबाट पक्राउ गरेको हो । पक्राउ परेका बराइलीलाई धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।