२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । कम्बोडियामा निधन भएका झापाका निराकर पाण्डेको शव ल्याउने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निराकरका बुबालाई सिंहदरबारमा भेटेर सरकारले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।

यस्तै, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्वको मुद्वामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नागरिकता विवादमा परेका लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै परेको रिटमा सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतको आदेससँगै लामिछानेको सांसद तथा मन्त्री पद तत्कालका लागि जोगिएको छ ।

हेरौँ शुक्रबार दिनभरका मुख्य मुख्य समाचारका हेडलाइनहरु-

१. प्रसंशनीय काम : आगलागीमा परेर कम्बोडियामा मृत्यु भएका झापाका निराकर पाण्डेको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, शव ल्याउन पहल भइरहेको भनाई ।

२. जोगियो रविको सांसद पद : उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार, लामिछानेको सांसद तथा मन्त्री पद यथावत रहने ।

३. सरकारको कार्यक्रम भोलि आउने : सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले तयार पा¥यो मस्यौदा, भोलि शीर्ष तहमा बुझाइने । पारित भएपछि भोलि नै सार्वजनिक गर्ने तयारी ।

४. सभामुखको निर्वाचन : प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने प्रस्ताव, प्रस्तावित मितिबारे सहमति जुटेको नेताहरूको दाबी ।

५. सरकार तीव्र गतिमा : मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको दाबी, महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न सरकार केन्द्रित भएको भनाई ।

६. गठबन्धन भत्काउने कसरतमा कांग्रेस : सत्ता गठबन्धन भत्काउने प्रयासस्वरूप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले तीव्र पारे गठबन्धनइतर दलहरूसँग भेटघाट र छलफल, माधव नेपालले गठबन्धन टुटेपछि पहिलो पटक गरे देउवासँग भेट ।

७. अन्ततः पक्राउ परे शाह : अमेरिकाबाट करोडौँ रूपैयाँ शंकास्पद रकम नेपाल भित्र्याएको भन्दै प्रहरीद्वारा पृथ्वीबहादुर शाहसहित ६ जना पक्राउ, काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर प्रहरीले थाल्यो अनुसन्धान ।

८. ‘राप्रपाबाट खतरा !’ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग गठबन्धन गर्न नहुने नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको धारणा, अंकगणितका लागि गणतन्त्र विरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्थानै धरापमा पर्न सक्ने टिप्पणी ।

९. नयाँ सरकारका लागि आह्वान : मधेस प्रदेशमा नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेस गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रद्वारा आह्वान, पुस २८ गते अपराह्न ४ बजेसम्म बहुमतसहित दाबी पेश गरिसक्नुपर्ने ।

१०. गठबन्धन भत्काउने खेलमा छैनौँ : वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयासमा नरहेको नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रष्टीकरण, कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव र नयाँ समीकरण बनाउने प्रयास नगरेको भनाई ।

११. आईसीसी पनि सशंकित : काठमाडौंमा जारी नेपाल टी–ट्वेन्टी लिगमा फिक्सिङ भएको अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) को पनि आशंका, खेल मैदानमै पुगेर गर्यो अनुगमन, सीआईबीसँग छलफल गरेर तत्कालै फर्कियो ।

१२. भारत बाधक : नेपालको बिजुली सहजरूपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई बंगदादेशको आग्रह, सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने बङ्गलादेशको रणनीति ।

१३. अख्तियारमै झुण्डिए प्रहरी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला, मृत फेला पर्नेमा प्रहरी जवान खगेन्द्र नेपाली ।

१४. बन्दीलाई आममाफी : म्यानमारको सैन्य सरकारले दियो ३०० जना राजनीतिक बन्दीलाई आममाफी, सैन्य शासनको विरोध गरेको भन्दै हिरासतमा लिइएका धेरै मानिसहरूलाई यातना र दुव्र्यवहार भएको राष्ट्रसंघको भनाई ।

१५. फार वेस्ट बाहिरियो : काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिगमा फार वेस्ट युनाइटेलाई पराजित गर्दै विराटनगर सुपर किङ्ग्सले कायम राख्यो प्लेअफको सम्भावना, पराजित फार वेस्ट लिग चरणबाट बाहिरियो ।