२९ आश्विन २०८३, बिहिबार

बत्तीस लक्षणले युक्त भएको भने कस्तो हो ? ल पढ्नुहोस !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

marriage

ज्योतिष डा. सुनिल सिटौला

काठमाडौँ । जो मानिसका नङ, चरण, हात,जिब्रो , ओठ, तालु तथा नेत्रान्त यी सात भाग रातो, काखि, वक्षस्थल, गर्दनको पछिल्लो भाग, नाक, नङ तथा मुख यी छ अंग उठेका, दाँत छाला, केश, अंगुलीपर्व, नङ यी पाँच पातला, आँखा, स्तन, जिब्रो , चिउँडो, पाखुरी यी पाँच दीर्घ, निधार,छाती, मुख यी तीन अंग विशाल, घाँटी , जंघा र शिस्न यी तीन छोटा तथा स्वर, नाभि, बल यी तीन विषयहरू गंभीर भएमा त्यो मानिस बत्तीस लक्षणले युक्त भएको भनिन्छ  ।

यस्तै कुरा सामुद्रिक शास्त्रमा बताएको पनि छ —

इह भवति सप्तरक्तः षडुन्नतःपञ्चसूक्ष्मदीर्घो यः ।

त्रिविपुललघुगम्भीरो द्वात्रिशल्लक्षणः स पुमान्    ।।

यी बत्तीस लक्षणले युक्त भएको मानिस नै वास्तवमा महापुरुष हुन्छ । त्यसको जीवनमा सबै सफलताहरू प्राप्त हुन्छन् ।