काठमाडौं, १ जेठ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।
ग्लोबल आइएमइ बैंक छाडेको भोलिपल्टै शुक्रबार उनी सनराइजको सिइओ बनेका हुन् । उनको ग्लोबल आइएमईको चार बर्षे कार्यकाल भर्खरै सकिएको थियो ।
सनराइज बैंक संचालक समितिले शुक्रबार उनलाई चार बर्षे कार्यकालका लागि सिइओमा नियुक्त गरेको छ । बज्राचार्य कुशल बैंकर मानिन्छन् ।
















प्रतिक्रिया