
अमेरिका, १५ पुस । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को बाल समिति पूर्ण भएको छ ।
अष्ट्रेलियाका डा. प्रकाश पौडेलको संयोजकत्वमा गठित समितिमा रीतादेवी प्रधान (अमेरिका), तारा उप्रेती (क्यानडा), विद्या आचार्य (पोर्चुगल), तनुजा पोखरेल (अमेरिका), गुणाखर सुवेदी (अष्ट्रेलिया), लोकराज अधिकारी (कोरिया), यशोदा अधिकारी (नेपाल) र मञ्जिला अनिल (नेपाल) रहेका छन् ।
समितिले बालबालिकालाई नेपाली भाषा, साहित्य र कलालगायत क्षेत्रमा प्रशिक्षण दिनका साथै सृजना गर्न र सम्प्रेषणका लागि वातावरण बनाउने काम गर्नेछ ।













प्रतिक्रिया