२९ आश्विन २०८३, बिहिबार

एनइसीसीले भूकम्प पीडितलाई २० लाखको राहत सामग्री दियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mission 2

– विजय थापा

वाशिंगटन, डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्डमा स्थापित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी)को बिशेष पहलमा महाभूकम्पबाट पीडित परिवारलाई राहत सामग्री वितरण गर्ने उद्देश्यले २० लाख नेपाल पठाएको छ ।

एनइसीसीले बैशाख १२ गते नेपालमा आएको ध्वंसकारी महा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख ब्यक्त गर्दै दिबंगत आत्माको चीर शान्तिको कामना गरेको छ । साथै म्यारिल्याण्डको आफ्नो परिसरमा २५७७औँ बुद्ध जयन्तीको अवसरमा दिप प्रज्वलन पनि गरेको छ ।

भूकम्प पीडितहरुलाई तत्काल उद्धार तथा राहत पुर्याउन पाँच वटा स्वयम सेवक टोली निर्माण गरि उक्त समुहबाट नेपाल गएर उद्धार कार्यमा खटिरहेको पनि जनाएको छ ।

उद्धार, उपचार तथा राहत वितरणका लागि नेपाल पुगी सकेका डा. मदन उप्रेतीको टोली मार्फत भूकम्प पीडितलाई २० हजार डलर करिब (२० लाख) नेपाली रुपैयाँ पठाई सकेको छ ।

mission 8उक्त रकम डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्था, बिभिन्न व्यक्तिहरु, ब्यबसायी आदिबाट संकलन गरि डा मदन उप्रेतीको हात लगाई सकिएको नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी)का अध्यक्ष खिलेन्द्र न्यौपानेले बताए ।

भूकम्प पीडितको उद्धारका लागि ओखति तथा अन्य सामग्री संचारकर्मी तथा एनइसीसी गुठि सदस्य राम खरेल मार्फत नेपाल पहिले नै पठाइएको जानकारी अध्यक्ष न्यौपानेले दिए ।

mission 3

नेपाल पुगी अहोरात्र खटी रहनु भएका डा मदन उप्रेतीले पछिल्लो जानकारी दिदै नेपालको बिकट अति प्रभावित क्षति ग्रस्त क्षेत्र भोटांग गाबिसमा राहत सामग्री वितरण गरेको जानकारी दिएका छन् । उक्त स्थानमा नेपाली सेनाको सहायताबाट हेली कप्टरमा पुगी सामग्री वितरण गरेको छ ।

उक्त क्षेत्रमा ३ दिन सम्म राहत सामग्री वितरण गर्नुको साथै स्वास्थ्य परिक्षण पनि गरिने डा उप्रेतीले जनाएका छन् । एनइसीसी अध्यक्ष न्यौपानेले आर्थिक संकलन जारी रहेको बताउँदै संकलन हुन साथ नेपाल पठाउने र भूकम्प पीडितका लागि सहयोग गर्ने अन्य योजना पनि बनाई रहेको जानकारी दिएका छन् ।